नेपालगञ्ज कपकोे उपाधि दंगाली गोर्खाजलाई

नेपालगञ्ज कपकोे उपाधि दंगाली गोर्खाजलाई

  • बिहिबार, बैशाख १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

बाँके, १३ वैशाख । 

आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै दंगाली गोर्खाजले रु एक लाख ११ हजार र ट्रफी प्राप्त ग¥यो भने रोल्पा गोरिल्लाजले उपविजेता बन्दै रु ६० हजार प्राप्त ग¥यो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी एबरोल टीएमटी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर एनआईसी एसिया दंगाली गोर्खाजका साहिद अन्सारी घोषित भए ।

यस्तै, उदियमान खेलाडी एनआई एसिया दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन सिद्धान्त राज शाही (पाल्पा योद्धाज), फेयर प्लेइङ टिम आशिर्वाद पेन्ट्स पाल्पा योद्धाज घोषित भयो । फाइनल खेलको म्यान अफ द म्याच सन्दिप सुनार घोषित हुनुभयो ।

यही वैशाख ३ गतेदेखि शुरु भएको प्रतियोगितामा ६ वटा पÞ्रmेन्चाइज टिमहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ