एभिसी भलिबलमा आज नेपालले तुर्कमेनिस्तानसँग खेल्दै

एभिसी भलिबलमा आज नेपालले तुर्कमेनिस्तानसँग खेल्दै

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी, वैशाख १२ ।
एसियन भलिबल संघ एभिसिले आयोजना गरेको सेन्ट्रल जोन प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले तुर्कमेनिससँग प्रतिस्पर्धा गर्दै छ ।

साँझ ५ बजेपछि बंगलादेशको मिरपुरमा हुने खेलमा नेपाल बलियो मानिएको टिम तुर्कमेनिस्तानसँग खेल्न लागेको हो । यसअघि भएका दुबै खेलमा नेपाल तुर्क्मिनिस्तानसँग पराजित भएको थियो ।

कप्तान इम रानामगरले तुर्कमेनिस्तानविरुद्ध पहिलो संस्करणमा नेपालले लज्जास्पद हार बेहोरे पनि गएको वर्ष उनीहरुलाई कडा टक्कर दिएकोले यसपटक उनीहरुलाई हराउने लक्ष्य रहेको बताएका छन् ।

नेपालले रिसिभमा सुधार ल्याएमा अघिल्ला पराजयको बदला लिन सकिने कप्तान रानाको भनाई थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई हराएर सेमिफाइनलमा पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ