फेरि किसानै बन्न गाउँ आइस् त्यो थाहा भएको भए तलार्इ पढाउने नै थिइन !

फेरि किसानै बन्न गाउँ आइस् त्यो थाहा भएको भए तलार्इ पढाउने नै थिइन !

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

बाउ  भन्छन् मैले जिन्दगीभर दुःख गरेर पढाए को आज यहि दिन देख्नका लागि हो । किसान वन्न आइस किसानै बन्छस भन्ने थाहा भएको भए तलाइ पढाऊन खर्च नै गर्ने थिइन ।  जागीर खा हाम्रो इज्जत राख यो पेसा नगर त पढेर ठुलो मान्छे बन्छस् भनेर हामीले यहि रगत पसिना बगायौ ।  छरछिमेकी गाउलेले भन्छन् फलानोले यतिधेरै पढेर पनि केहि गर्न नसकेर गाउमै आएर किसान बन्यो । गाउँमा पढन अल्छी लाग्ने केटाहरु मेरै उदाहरण लिन्छन रे पढेर के हुन्छ र बा फलानो दाइले पढेर के गरे त  आखिर किसान न हो तिनीहरुका अभिभावक गुनासो गर्न आउछन म सँग बाबु बरु बिदेश जाउ तिमीले गर्दा हाम्रा सन्तान बिगर्ने भए । कोही भन्छन तैले लोकसेवा लढनु पथ्र्यो कृषिमा लागेर आफनो भविष्य बिगारीस । विदेश भिसा लागेको एउटी गाऊको वहिनिले भनिन् दाई तपाईलाई भविष्यको चिन्ता लाग्दैन के छ कृषिमा म छोरी मान्छे भएर पनि विदेश जॉदै छु आँट नभएको मान्छे  ।

खै मैले के देखेर यो देश छाड्न सकिन र आजकल दुनियाँको हाँसोको पात्र वनिरहेको छु  । यहाँ सम्मकी विवाह गर्न केटीको कुरो आउथ्यो केटो के गर्छ किसान ए ! ए !त्यतीकैमा कुरो टुङगिन्थयो । यहाँ जुन देश जाओस्,  विदेश  गएर आउनेको बरु इज्जत छ।

विहे गर्नको लागि  भनौ समाजमा इज्जत पाउन बिदेसीनु पर्ने बाध्यता छ  । कृषि प्रधान देशमा कृषि पेशा गर्नु राम्रो मानिदैन रहेछ   । मिडीयामा सधै सफलताको कथा आऊछ, खै ! यहॉ मेरो भविषय कस्तो हुन्छ, आफैलार्इ थाहा छैन । सरकार कृषि क्रान्ती त भन्छ,  हामीजस्तो आफ्नो भविष्य तिलान्जली दिएर कृषिमा केहि गर्न चाहनेर्लार्इ सहयोग गर्दैन । आफुले यो ‌‌‌क्षेत्रमा आउनुभन्दा पहिला कमाएको पैसाले  व्यावसाय सुरू गरियो  । प्रतिफल त के ! लगानी उठने अवस्था पनि छैन अहिले ।

साँच्चै,  भन्ने हो भने सरकारले कृषिमा गर्ने लगानी भनेको आफ्ना बेरोजगार कार्यकताले जागिरको माग गर्दा – “कृषि गर म अनुदान मिलाई दिउला ” भनेर भुल्याउने बाटो मात्र हो । सरकारको कृषि नीति जनतालाई हलि तथा बाँधा वनाउने नीति हो । सरकारको निति ” युवालाइ नेपाल वस्न मन नलागने बनाउने र बिदेश खेदने, ता कि कुनै रोजगारी नि दिन नपर्ने, कुनै लगानी पनि गर्न नपर्ने । विदेशी मुद्रा आईरहने देश चलिरहने।”  के यही हो नेपालमा कृषि   क्रान्ती ?-nagarikpost

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी