माइभ्याली गोल्डकप: मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

माइभ्याली गोल्डकप: मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

  • सोमवार, बैशाख १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

 

इलाम १० वैशाख ।

इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ ।

आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङ मस्यायाङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङले पहिलो मध्याह्नमा गरेको गोल नै निर्णायक बन्यो । ३७ औँ मिनेटमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै मनाङले अग्रता लिएको थियो । हेमन गुरुङको फ्रि किकलाई नाइजेरियन खेलाडी काचीले हेडमार्फत सानदार गोल गरेका थिए । दुवै टिमले थुप्रै अवसर पाएपनि गोल गर्नबाट चुकेका थिए ।

मनाङले अब बुधबार हुने त्रिभुवन आर्मी क्लब र सिक्किम युनाइडेटबीचको तेस्रो क्वाटरफाइनलको विजेतासँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ