भारतको सिक्किम युनाइटेड क्लब माइभ्याली गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

भारतको सिक्किम युनाइटेड क्लब माइभ्याली गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

इलाम, वैशाख ८ । भारतको सिक्किम युनाइटेड क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

इलामको ठूलो टुँडीखेलमा शनिबार भएको खेलमा संकटा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै सिक्किम अन्तिम आठमा पुगेको हो ।

सिक्किमको जितमा खेलको ३१औं मिनेटमा सञ्जय क्षत्रीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा विपक्षीलाई दबाबमा राख्न सफल भएको सिक्किमका केही प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए ।

दोस्रो हाफमा संकटाले बढी समय बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन । दर्जन बढी अवसरलाई सदुपयोग गर्न नसक्दा संकटाको यात्रा पहिलो चरणबाटै टुंगियो ।

खेलको ‘म्यान अफ दी म्याच’ सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

सिक्किमले अब वैशाख १२ गते हुने खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।

प्रतियोगिताअन्तर्गत् आइतबार दुर्गापुर स्टिल क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ