सरस्वती क्लबका पूर्वकप्तान श्रेष्ठ पक्राउः भन्छन्,साथीको लहैलहैमा लागेर चोरी गरे

सरस्वती क्लबका पूर्वकप्तान श्रेष्ठ पक्राउः भन्छन्,साथीको लहैलहैमा लागेर चोरी गरे

  • बिहिबार, बैशाख ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

६ वैशाख, काठमाडौं । सरस्वती युथ क्लबका पूर्व कप्तान दिपेश श्रेष्ठ चोरीको आरोपमा पक्राउ परेका छन् ।

मोबाइल, ल्यापटप लगायतका सामग्री चोरी गरेर विक्री वितरण गर्ने कारोबारी सक्रिय रहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रेष्ठले चोरीको सामान आफ्नो कोठामा लुकाएर राख्ने गरेको खुलेको प्रहरीले बताएको छ ।

त्यसलगत्तै खनतलासीका क्रममा श्रेष्ठको कोठाबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, सोनी कम्पनीको ३२ इन्जको टिभी एक थान, ५ वटा ल्यापटप लगायतका सामग्री बरामद भएको छ ।
हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले चोरीमा संलग्न भएको स्वीकार गरेका छन् । सुवाससँग एक वर्षदेखि चिनजान रहेको र साथीकै लहैलहैमा लागेर चोरी गरेको उनले बताएका छन् ।

चोरीका सामानहरु फेसबुक ग्रुप र अनलाइन किनबेच गर्ने वेवसाइटमार्फत विक्री वितरण गर्दै आएको बयान दिएका छन् ।
पक्राउ परेका दुवै जनामाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ