माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

इलाम, ५ वैशाख ।
इलामको ठूलो टुँडिखेलमा भोलिदेखि सुरु हुन लागेको चौथो अन्तर्रा्ष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।
वैशाख १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ ।
भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाइटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मस्र्याङ्दी, झापा–११, कास्की–११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले नगद रु छ लाख ६६ हजार ६६७ र उपविजेताले रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसैगरी, सर्वा्धिक गोलकर्ताले नगद रु २५ हजार र म्यान अफ दि म्याचले जनही रु १० हजार प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ