वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकियो

वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकियो

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, चैत २६ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साविक विजेता चेल्सीले वेस्टह्याम युनाइटेडसँग एक–एक गोलको बराबरी खेलेको छ ।

 योसँगै चालू सिजनमा शीर्ष चारमा पर्ने चेल्सीको सम्भावना सकिएको छ ।

गएराति भएको खेलमा बराबरीमा रोकिएसँगै ३२ खेल सकिँदा चेल्सी चौथो स्थानको टोटनह्याम युनाइटेडभन्दा १० अंकले पछि छ । यो खेलबाट ३ अंक जोड्न सकेको भए चेल्सी प्रतियोगिताको शीर्ष चारमा रहने झिनो सम्भावना कायमै रहने थियो ।

तर, खेलमा शुरुआती अग्रता लिएपछि त्यसलाई बचाउन नसक्दा चेल्सी बराबरीमा रोकिन बाध्य भयो । खेलको ३६ औं मिनेटमा चेल्सीले अग्रता लिएको भए पनि ७३ औं मिनेटमा वेस्टह्यामले बराबरीको अवस्थामा ल्याएको हो ।

यसैगरी गएराति नै भएको अर्को खेलमा आर्सनलले साउथ ह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ