डीपीएल क्रिकेटः विराटनगर र रुपन्देही तथा अत्तरिया र काठमाडौं भिड्दै

डीपीएल क्रिकेटः विराटनगर र रुपन्देही तथा अत्तरिया र काठमाडौं भिड्दै

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

कैलाली चेत २१ ।
धनगढी प्रिमियर लिग (डप्पीएल)मा आज दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स आमनेसामने हुनेछन् ।

डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं आज रुपन्देहीलाई हराउँदै पुनः लयमा फर्किने लक्ष्यमा छ । भने पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनगरको प्रतियोगितामा दोस्रो खेल हो ।

यता रुपन्देहीको यो लिगमा तेस्रो खेल हुनेछ । यसअघि दुई खेल खेलेको रुपन्देही दुवैमा पराजित भएको छ ।

आजको खेलमा पनि रुपन्देही पराजित भएमा उसलाई प्लेअफमा पुग्ने सम्भावना न्यून हुनेछ । रुपन्देही पहिलो खेलमा अत्तरीयासँग ९ विकेटले पराजित भएको थियो भने अर्को खेलमा काठमाडौं गोल्डेन्ससँग ६३ रनले हार्नपुग्यो ।

अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको काठमाडौंले अत्तरियासँग खेल्नेछ । चौराहासँग ८ विकेटले हारेको अत्तरिया यो खेलमा काठमाडौंको विजयी यात्रालाई पूर्ण विराम दिने लक्ष्यमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ