युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिड विजयी

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिड विजयी

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, चैत २१ । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाईनल खेलहरु शुरु भएका छन् ।
गएराति भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा रियल मड्रिडले युभेन्टसलाई ३–० ले हरायो । ईटालियन क्लव युभेन्टसको मैदानमा भएको खेलमा स्पेनिस टोली रियल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले २ तथा मार्सेलोले एक गोल गरे ।

आफ्नै मैदानमा भोगेको ३–० को हारपछि ईटालियन क्लव युभेन्टसको सेमीफाईनल प्रवेश निकै कठिन बनेको छ ।

अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले स्पेनको सेभियालाई २–१ ले हरायो । खेलमा बायर्न म्युनिखलाई विजयी गराउन थियागो अल्कान्ताराले एक गोल गरे भने सेभियाका जिसस नाभासले एक आत्मघाती गोल गरे ।
घरेलु टोली सेभियाका लागि पाब्लो साराबियाले पहिलो गोल गरेका थिए ।

च्याम्पियन्स लिग फुटबलमा क्वाटरफाईनल पहिलो लेगका बाँकी दुई खेल आज राति हुनेछन् । आज राति स्पेनको बार्सिलोनाले ईटालीको एएस रोमासँग खेल्दा दुई इंग्लिश क्लब लिभरपुल र म्यान्चेस्टर सिटी भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ