डीपीएल क्रिकेटमा धनगढी ८ विकेटले विजयी

डीपीएल क्रिकेटमा धनगढी ८ विकेटले विजयी

  • मङ्लबार, चैत्र २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाण्डौ , २० चैत ।
रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गत आज भएको खेलमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडमाथि ८ विकेटको सहज जित हात पारेको छ ।
महेन्द्रनगरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले १२ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य भेटायो ।
धनगढीका लागि सुनिल धमलाले सर्वाधिक नटआउट ४६ रनको पारी खेले। ४७ बलको सामना गरेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे। यस्तै धनगढीका विदेशी खेलाडी यूएईका कप्तान समेत रहेका रोहन मुस्तफाले ३९ रन जोडे।
३० बल खेलेका रोहनले ३ छक्का र १ चौका प्रहार गरे। यस्ता अर्का यूएईकै खेला८ी अस्फाक अहमदले २४ बलको सामना गर्दै ३० रन जोडे। सो क्रममा उनले ६ चौका प्रहार गरेका थिए। सोनु तामाङ १५ रनमा नटआउट रहे।
जितसँगै चौथो स्थानमा रहेको धनगढी ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । धनगढीले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका भारतीय खेलाडी पुनित मेहराले २५ बलको सामना गर्दै २ छक्का र ४ चौकाको मदतमा ४० रन जोडे भने भुवन कार्कीले ४० बल खेल्दै २ छक्का र १ चौकाको मदमा ३२ रन जोडे।
यस्तै उसका पुनित विष्टले २४ र कप्तान विनोद भण्डारीले ११ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले राम्रो स्कोर गर्न सकेनन् । धनगढीका ललितसिंह भण्डारीले ४ तथा सोमपाल कामी र सामसद सेखले १–१ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ