एन्फाको चुनाव गर्न अब कुनै समस्या छैन : शेर्पा

एन्फाको चुनाव गर्न अब कुनै समस्या छैन : शेर्पा

  • शुक्रबार, चैत्र १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, चैत १६ ।
अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका उम्मेदवार कर्मा छिरिङ शेर्पाले दुई जिल्लाको विवाद समाधान भएकाले केन्द्रीय निर्वाचन गर्न कुनै अड्चन नरहेको बताएका छन ।

एन्फाको चैत १४ गते हुनुपर्ने निर्वाचन सरेपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै परिवर्तन पक्षधरका नेतासमेत रहेका कर्माले भक्तपुर र मकवानपुर जिल्लाको विवाद समाधान भएसँगै एन्फाको केन्द्रीय निर्वाचन कसैले रोक्न नसक्ने बताएका हुन ।

आफूहरु चुनावी प्रक्रियाबाट वञ्चित भएको भन्दै भक्तपुर र मकवानपुरले पाटन उच्च अदालतमा मुद्दा दायर गरेपछि एन्फाको निर्वाचन स्थगित भएको थियो । विवाद समाधान भएसँगै एन्फाले मकवानपुरमा चैत २३ र भक्तपुरमा चैत २७ गते निर्वाचन मिति घोषणा गरिसकेको छ ।

१४ गते चुनाव गर्न नसकिए पनि साधारणसभा गरेर चुनावबाहेकका बाँकी काम सम्पन्न गर्न आफूले भने पनि एन्फा नेतृत्वले नमानेको गुनासो कर्माको छ । कर्माले वैशाख ९ गते एन्फाको निर्वाचन गर्न पनि गरेका छन ।

एएफसी प्रतिनिधिसँगको बैठकमा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि दुवै जिल्लाको निर्वाचन सकिएको २ साताभित्रै केन्द्रको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ