काठमाडौं चैत्र १५,।
नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभाको मिति एक साता अघि सरेको छ । यसअघि वैशाख १३ र १४ गते विधान संशोधन गर्ने गरी साधारण सभाको मिति प्रस्ताव गरिएकोमा सरेर बैशाख ६ र ७ का लागि साधारणसभा बोलाइएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठक अघि बिधान संसोधन गर्ने गरी निर्वा्चित क्यानले साधारणसभाको नयाँ मिति तय गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका छन ।
बैशाख १३ र १४ मा आईसीसीको आफ्नै बैठक परेकाले क्यानको साधारणसभाको मिति अगाडि राखिएको हो । आईसीसीको समन्वयमा मिति अघि सारिएको निर्वा्चित क्यानका महासचिव अशोकनाथ प्याकुरेरले जानकारी दिएका छन ।
जिम्बाबेमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा नेपालले वान डे मान्यता पाएपछि नेपाली क्रिकेट विवाद समाधानका लागी चौतर्फी दबाब बढिरहदा क्यानको निर्वा्चित कमिटिले बिधान संसोधनका लागी साधारणसभा गर्न लागेको हो ।
आफ्नो निर्देशन बमोजिम निर्वा्चित क्यानले बिधान संसोधन गरे नेपाल क्रिकेट संघ माथी लगाएको निलम्बन फुकुवा गर्ने आईसीसीले यसअघि नै जनाउ दिएको छ ।
नेपाली क्रिकेटको विवाद समाधान भई बिधान संसोधन भए आईसीसीको अप्रिल २२ मा बस्ने बोर्ड बैठकले नेपाली क्रिकेटको निलम्बनको बारे औपचारिक निर्णय गर्ने संभावना छ ।
यसअघि समस्या समाधानका लागि नेपाल आएको आईसीसीको उच्चस्तरिय टोलीले पनि नेपाली क्रिकेटको विवाद समाधान उन्मुख रहेको भन्दै आईसीसीको नियमानुसार विधान निर्माण गरे निलम्बन फुकुवाको सङ्केत गरेका थिए ।
निर्वा्चित क्यानका अध्यक्ष चन्दले आईसीसीको सर्तमा आफुहरु सकारात्मक रहेकाले अब बस्ने साधारणसभाले विवाद समाधान गर्ने आशा गरेका छन् ।