एन्फाको चुनाव हुने सम्भावना बढ्योः तीनवटै क्लबका अध्यक्षद्धारा मुद्धा फिर्ता

एन्फाको चुनाव हुने सम्भावना बढ्योः तीनवटै क्लबका अध्यक्षद्धारा मुद्धा फिर्ता

  • मङ्लबार, चैत्र १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भक्तपुर, चैत १३ ।
भक्तपुर जिल्ला फुटबल संघविरुद्ध दायर भएको मुद्धा फिर्ता भएपछि एन्फा निर्वाचनको गतिरोध अन्त्य हुने संकेत देखिएको छ ।
आफूहरुलाई नियमविपरित बाहिर राखेर चुनाव गराएको भन्दै भक्तपुरका तीनवटा क्लबले भक्तपुर जिल्ला अदालतमा अध्यक्ष गौतम सुखजुविरुद्ध मुद्धा दायर दायर गरेका थिए ।

भक्तपुर फुटबल क्लब, भक्तपुर युनाइटेड क्लब र सिरुटार खेलकुद केन्द्र क्लबले जिल्ला अदालतमा चुनाव रोक्न अन्तरिम आदेशको मागसहित मुद्धा दायर गरेको थियो ।

आफूलाई चुनावमा सहभागी नगराएको भन्दै भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजुले पाटन उच्च अदालतमा चुनाव रोकी पाउँ भन्दै मुद्धा दायर गरेपछि एन्फाको निर्वाचन स्थगित भएको थियो ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीनवटै क्लबका अध्यक्षहरुले आफ्नो कारणले एन्फाको चुनाव नरोकियोस् भनेर मुद्धा फिर्ता लिएको बताएका छन् ।

यता भक्तपुर र मकवानपुरले संयुक्त रुपमा आफूहरुलाई चुनावमा सहभागिता गराउनबाट बञ्चित गरेको भन्दै रिट दायर गरेको थियो ।त्यस रिटमा ललितपुर उच्च अदालतले तत्कालका लागि चुनाव रोक्न अन्तरीम आदेश दिएको थियो ।

अब मुद्दा फिर्ता लिएपछि दुवै जिल्लामा चुनावका लागि बाटो खुलेको छ भने एन्फाको चुनाव पनि चाँडै हुने आशा गरिएको छ । मुद्धा फिर्ता लिए पनि आफ्नो अधिकारको लडाईं भने कायम रहेको प्रतिक्रिया भक्तपुर युनाइटेड क्लबका अध्यक्ष राम प्रजापतिले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ