रूस्लान धनगढी प्रिमियर लिगका टिकट इसेवाबाट, अनलाइनबाट टिकट काट्दा ५ प्रतिशत छुट

रूस्लान धनगढी प्रिमियर लिगका टिकट इसेवाबाट, अनलाइनबाट टिकट काट्दा ५ प्रतिशत छुट

  • मङ्लबार, चैत्र १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाण्डौ ,१३ चैत ।

देशकै सर्वाधिक धनराशी पुरस्कारको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) खेलका टिकट इसेवाकाट काट्न सकिने भएको छ ।
धनगढीमा यही चैत १७ देखि शुरु हुन लागेको सम्पूर्ण खेलका टिकट इसेवाबाट काट्न सकिने भएको हो । इसेवाबाट टिकट काट्दा ५ प्रतिशत छुटको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ । धनगढी प्रिमियर लिगका खेल हेर्न दर्शकका लागि लिग चरणमा ५०, प्लेअपमा ७० र फाइनलमा १०० रूपैयाँ टिकट दर तोकिएको छ ।
जततउकस्ररमउ।िभकभधब।अयm।लउ मा लग अन गरि टिकट खरिद गर्न सकिनेछ । सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि हरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको छ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ ।
दर्शकले अनलाइनमार्फत स्वयं आफै वा आपूmलाई पायक पर्ने नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन ९इसेवा जोन, इसेवा पोइन्ट० मा गई अनलाइन टिकट खरिद गर्न सकिने इसेवाका म्यानेजर दिब्येस झा ले बताए । मुलुकभर इसेवाका ३० हजार बढि र धनगढी आसपासका क्षेत्रमा पनि सयौँको संख्यामा जोन, पोइन्ट ९भक्भधब श्यलभ ७ भक्भधब एयष्लत० रहेका छन् ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता रहेको धनगढी प्रिमियर लिगमा स्वदेशी सहित विदेशी खेलाडी समेत अनुबन्धित भएको छन् प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीको सहभागिता रहने जनाइएको छ ।
नेपालमा सर्वा्धिक पुरस्कारको राशि भएको प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख, तेस्रो हुने टोलीले तीन लाख र चौथो हुने टोलीले दुई लाख पाउने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ