मदन भण्डारी गोल्डकपमा आज त्रिभुवन आर्मी र आयोजकबीच भिड्दै

मदन भण्डारी गोल्डकपमा आज त्रिभुवन आर्मी र आयोजकबीच भिड्दै

  • सोमवार, चैत्र १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ १२ चैत्र ।
बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मी र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल दिउँसो २ बजेपछि बुटवल रामनगरको मान विज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुनेछ । यी दुवै टोली प्रतियोगितामा जीत आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्का विभागीय टोली एपीएफले झापा ११ लाई ४ – २ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो ।

प्रतियोगितामा नेपालका तीन विभागीय र मलेसियाको हिमालयन फुटबल क्लबसहित १० टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेता टोलीले १५ लाख र उपविजेता ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफि हात पार्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ