एजेन्सी , १० चैत ।
पाकिस्तानको कराचीमा ९ वर्षपछि पहिलो पटक ’हाइ प्रोफाइल’ क्रिकेट म्याच हुने भएको छ।
यस सिजनको पाकिस्तान सुपर लिग (पिएसएल) को फाइनल खेल कराचीस्थित नेशनल स्टेडियममा भोली आइतवार हुँदैछ।
९ वर्षपछि कराचीमा हुन लागेको खेलका लागि ८ हजार भन्दा बढी सुरक्षाकर्मी तयार पारिएकोछ। पिएसएल टी २० को फाइनलमा साविक विजेता पेशावार जाल्मी र इस्लामावाद युनाइटेड भिड्नेछन्।
१५ मिलियन जनसंख्या रहेको कराचीमा अन्तिमपटक सन् २००९ को फेब्रुअरीमा पाकिस्तान र श्रीकांबीचको टेष्ट क्रिकेट म्याच भएको थियो।
कराचीको प्रान्तीय प्रशासनले आइतवार हुने फाइनल खेलका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । दर्शकहरुले स्टेडियमसम्मग पुग्नका लागि लामो लाइन बस्नुपर्ने र कम्तीमा ३ चेकप्वाइन्ट पार गर्नुपर्ने गरि तयारी गरिएको छ ।
फाइनल खेल्नमा जाल्मीको टिमबाट वेष्टइन्डिजका डारेन सामी, इंगल्याण्डका क्रिस जोर्डन, दषिण अफ्रिकाका जेपी डुमिनी र इस्लामावादबाट खेल्ने न्यूजिल्याण्डका ल्युक रोची छन्।
झण्डै एक दशकपछि अन्तर्रा्ष्ट्रिय स्तरको म्याच हुन लागेको कराचीको स्ट्रिटमा प्लेअरको फोटोहरु डिस्प्ले गरिएको छ।
गत वर्ष घुँडाका चोटका बावजुत पनि लगातार चार खेल्दै खेल्दै जाल्मीलाई फाइनल र्पुयाउन भूमिका खेलेका सामी पाकिस्तानमा अहिले ’हाउसहोल्ड नेम’ बनिसकेका छन्।