काठमाडौं,चैत ९ ।
नेपाल र मलेसियाविरुद्ध तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।
चैत १८ गते मलेसियाको क्वालालम्पुरमा हुने भनिएको नेपाल र मलेसियाबीचको खेल रद्द भएको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिएका छन ।
रुपन्देहीमा हुने मदनभण्डारी गोल्डकप फुटबलका लागि थ्री स्टार र मनाङ मर्स्याङदी क्लबले खेलाडी ‘रिलिज’ गर्न नमानेपछि नेपालको मैत्रीपूर्ण फुटबलनै प्रभावित भएको हो ।
मलेसिया जाने नेपाली खेलाडीहरुले आज भिसाकालागि आवेदन दिनुपर्ने थियो तर नेपाली टिममा जाने खेलाडीहरु उपलव्ध नहुने भएपछि सो खेल नहुने पक्का भएको छ ।
नेपाली टिम आइतबार एएफसी एशियन कप छनौटकालागि कतार जाँदै छ । यसअघि कतारबाट सोझै मलेसिया जाने कार्यक्रम तय गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline