नेपाली क्रिकेट टिम आज फर्किदैं

नेपाली क्रिकेट टिम आज फर्किदैं

  • सोमवार, चैत्र ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, चैत ५ । आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली आज साँझ ६ बजे काठमाडौं फर्किदैंछ ।

नेपाली क्रिकेट टोली बेलुकी ५ बजेर ५५ मिनेट जाँदा जिम्बाबेबाट दुबाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आइपुग्ने बताईएको छ ।

विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ देश फर्किन लागेको हो ।

प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको हो ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता निश्चित गरेको हो । सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेपछि नेपाल आठौं स्थानमा सीमित बन्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ