काठमाडौ १ चैत्र ।
आइसिसी विश्व कप क्रिकेट छनोटको प्ले अफमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । एकदिवसीय मान्यता पाउदै विश्वकपमा छनोटका लागि नेपाललाई आज जित्नैपर्ने दवाव छ ।
खेल नेपाली समय अनुसार दिउँसो साव १ बजेपछि जिम्बाबेको हरारेस्थित हरारियन्स क्रिकेट मैदानमा हुनेछ । नेपालले यसअघि खेलेका चार खेल मध्ये ३ खेलमा हार बेहोरेको थियो ।
त्यसो त पपुवा न्युगिनीले पनि यसअघि खेलेका सबै खेलमा हार बोहोरेको छ । आजको खेलमा पपुवा न्युगिनीलाई हराउन सके नेपाल सातौ स्थानका लागि हुने प्ले अफ चरणमा पुग्नेछ ।
यद्यपी आजको खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्न सके वा अर्को प्ले अफमा नेदरल्याण्डले हङकङलाई पराजित गर्न सकेमा नेपालले सातौं चरणको खेल खेल्नुअघि नै एकदिवासीय मन्यता पाउनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline