सुरक्षा परिषद्को आकस्मिक बैठक आह्वान

सुरक्षा परिषद्को आकस्मिक बैठक आह्वान

  • बुधबार, फाल्गुन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

 

अमेरिका, ३० फागुन। 

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बुधबार बोलाइएको छ ।

रुसी कूटनीतिज्ञहरूलाई एकाएक बेलायतले देश निकाला गरेपछि बेलायतकै आग्रहमा आकस्मिक बैठक बोलाइएको हो ।

रुसका एक जना पूर्व गुप्तचर र उनकी छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयासमा संलग्न भएको भन्दै बेलायतले २३ जना कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ ।

सुरक्षा परिषद्को बैठकमा बेलायतले घटनाका बारेमा व्याख्या गर्दै कूटनीतिज्ञहरूलाई देश निकाला गर्नु पर्नाको कारणका बारेमा स्पष्ट पार्ने जनाएको छ ।

पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध बेलायतको संसद चलिरहेका बेला गत मार्च ४ का दिन विष सेवन गराएर हत्या प्रयास भएको बताइएको छ ।

उनीहरूको अहिले चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले उनीहरूको हत्या प्रयासमा रुसी केही कूटनीतिज्ञको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको दाबी गर्नुभएको छ ।

तर रुसले भने उनीहरूको हत्या प्रयासमा रुसी कूटनीतिज्ञहरूको संलग्नता रहेको भन्ने बेलायती आरोप अस्वीकार गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ