कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीति आवश्यक

कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीति आवश्यक

  • मङ्लबार, फाल्गुन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पोखरा, २९ फागुन।

राष्ट्रिय किसान आयोगको आयोजना एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहआयोजनामा आज आयोजित एक कार्यक्रममा कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीतिको आवश्यकता औँल्याइएको छ ।

‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, सम्भावना र चुनौती’ विषयक अन्तक्र्रियामा कृषिको आधुनिकीकरण एवं व्यवसायीकरणका माध्यमबाट राष्ट्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताउँदै वक्ताले स्पष्ट नीति तयार नगरी वैदेशिक लगानी भित्र्याउँदा त्यसले थप जटिलता ल्याउने बताए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिको विकासका लागि वैदेशिक लगानी आवश्यक भए पनि त्यसलाई भित्र्याउने सन्दर्भमा हाम्रो आवश्यकताअनुरुप स्पष्ट नीति तय गरिनु आवश्यक भएको बताउनुभयो ।

“अबको युग आर्थिक समृद्धिको युग हो,” उहाँले भन्नुभयो, “देशको अर्थतन्त्रलाई सबल पार्नका लागि कृषिमा परनिर्भरताबाट आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थाको सिर्जना गरिनुपर्छ ।”
कृषि अर्थविज्ञ वासुदेव काफ्लेले कृषिको विकासका लागि निजी–सरकारी साझेदारीको क्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउँदै राज्यको भूमिका कृषक मैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय किसान आयोगका सदस्य सचिव तेजबहादुर सुवेदीले वैदेशिक लगानीसँगै कृषिजन्य उत्पादनको बजारमा पहुँच वृद्धि हुने धारणा राख्दै कस्ता ठाउँमा लगानी गर्नेतर्फ भने स्पष्ट नीति तय गरिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले कृषिको व्यवसायीकरणका लागि राज्यले आफ्नो अनुकूलको नीति बनाएर वैदेशिक लगानी भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

वास्तविक किसानको पहिचान हुनुपर्नेमा जोड दिँदै उहाँले किसानको सञ्जाल एउटै हुनुपर्ने र त्यसका माध्यमबाट कृषि क्षेत्रसँग सम्बन्धित गतिविधि सञ्चालनमा आउनुपर्ने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले कृषि पेशा मर्यादित बन्न नसकेको बताउँदै यो क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरलाई कृषकमैत्री महानगरपालिका बनाउने बताउँदै यस पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेलले पश्चिमाञ्चलसहितका ४३ जिल्ला प्राङ्गारिक कफीको उत्पादन योग्य क्षेत्र भएको बताउँदै राज्यले कफी खेतीलाई उच्च प्राथमिकतामा राखी पकेट क्षेत्रका रुपमा यसको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका सदस्यद्वय भानुभक्त सिग्देल र रवीन्द्र केसी, पत्रकार आरसी बराल, मनोहर कडरिया, शिवराज भण्डारी, माया अधिकारी, लोकप्रसाद अधिकारीलगायतले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्दै सरकारले कृषकमैत्री वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी