आर्सनलको शानदार जित

आर्सनलको शानदार जित

  • शुक्रबार, फाल्गुन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, फागुन २५ । युरोपा लिग फुटबलमा इंग्लिस क्लव आर्सनलले ईटालीको एसी मिलानलाई २–० ले हराएको छ ।

ईटालियन क्लब एसी मिलानको मैदान सान सिरोमा भएको प्रि–क्वाटरफाईनल पहिलो लेगको खेलमा आर्सनललाई विजयी गराउन हेन्रिक मख्तरियान र आरोन राम्सेले एक–एक गोल गरे । पहिलो लेगमा २–० को अग्रता लिएसँगै आर्सनलले युरोपा लिगको क्वाटरफाईनल पुग्ने सम्भावना बलियो पारेको छ ।

युरोपा लिग फुटबलअन्तर्गत प्रि–क्वाटरफाईनल पहिलो लेगका अन्य खेलहरुमा स्पेनको एथ्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोलाई ३–० ले, फ्रान्सको लियोंले रुसको सिएसकेए मस्कोलाई १–० ले, फ्रान्सको मार्सेले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३–१ ले तथा अष्ट्रियाको आरबी साल्जबर्गले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–१ ले हराएका छन् ।

ईटालीको लाजियो र युक्रेनको डाईनामो किभले भने २÷२ गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ