झापा गोल्डकप: मनाङ मस्र्याङ्दी विजयी

झापा गोल्डकप: मनाङ मस्र्याङ्दी विजयी

  • मङ्लबार, फाल्गुन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

 

झापा, २२ फागुन । 

झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहारा फुटबल क्लब पोखरालाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिता गोलरहित बराबरीमा सकिएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

राष्ट्रिय खेलाडीले भरिएको मनाङले जितका लागि टाइब्रेकरको सहयोग लिनुपरेको थियो । टाइबे्रकरमा सहारा फुटबल क्लब पोखराका भीषण गुरुङको प्रहार बाहिरिएको थियो भने टीम कप्तान समेत रहेका मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए ।

मनाङका तर्फबाट सुजल श्रेष्ठ, विमल बस्नेत, अन्जन बिष्ट, डोना थापाको प्रहारले जाली चुमेको थियो । पोखराका विजय श्रेष्ठ, रन्दिप पौडेल र विशव अधिकारीले मात्र गोल गर्न सकेका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ मनाङका अन्जन विष्ट घोषित भए । उनले रु २५ हजार पुरस्कार पाएका छन् ।

बुधबारको पहिलो क्वार्टरफाइनल खेल आयोजक रमपम झापा ११ र सिक्किम युनाइटेडबीच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ