एकै पटक तीन राष्ट्रिय खेलको प्रतियोगिता

एकै पटक तीन राष्ट्रिय खेलको प्रतियोगिता

  • सोमवार, फाल्गुन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, फागुन २१ ।
सशस्त्र प्रहरी बलले एकै पटक तीन खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । जसमा ब्याटमिन्टन, लन टेनिस र महिला भलिबल रहेका छन ।

सशस्त्रले तीनवटै प्रतियोगिता फागुन २७ देखि चैत्र दुई गतेसम्म गर्ने घोषणा गरेको हो । कृष्ण मोहनको स्मृतीमा हुने राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता १० विधामा हुनेछ ।

जसमा पुरुष र महिला एकलसहित भेट्रान्स लगायतका छन । प्रतियोगिताको पुरुष एकलको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन् भने महिलातर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन् ।

यो प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख १० हजार रुपैयाँ राखिएको छ । नेपाल ब्याटमिन्टन संघको सहकार्यमा हुने प्रतियोगिताबाट खेलाडीको ¥याङ्किङको पनि निधो लाग्नेछ ।
प्रतियोगितामा झन्डै ४ सय खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । यस्तै, त्यही मितिदेखि हुने सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगितामा १३ विधामा प्रतिस्पर्धा हुनेछ ।

जसमा पुरुष र महिला एकलको विजेताले समान ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता हलचोक र सातदोबाटोमा संयुक्त रुपमा आयोजना हुनेछ ।

यस्तै, महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टिमको सहभागिता हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ