इलाम, २१ फागुन ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पूर्वाञ्चलबाट सहभागी भई उपविजेता हुनुहुने इलामका खेलाडीलाई सदरमुकाम इलाममा आज एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय युवा परिषद्को स्थापना दिवशको उपलक्ष्यमा उहाँहरुलाई सम्मान गरिएको हो ।
जिल्ला युवा समिति इलामको आयोजनामा भएको कार्यक्रममा खेलाडीहरु पुष्पा मगर, जानुका खवास र संगम तामाङलाई सम्मान पत्र प्रदान गरिएको थियो । उहाँहरुलाई १ नं प्रदेशका सांसद रामबहादुर रानाले दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गर्नु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline