नेपाल पुलिस क्वाटरफाइनल प्रवेश

नेपाल पुलिस क्वाटरफाइनल प्रवेश

  • आइतवार, फाल्गुन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

 

झापा, २० फागुन। 

झापाको बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकपको आज भएको खेलमा रेजिन सुब्बाको एकमात्र गोलको मद्दतले नेपाल पुलिस क्लब विजयी बन्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

रुपन्देही–११ लाई पाखा लगाउन प्रतियोगिताको ८१ औँ मिनेट पर्खनुपरेको थियो । सुमन लामाको पासलाई सदुपयोग गर्दै सुब्बाले बललाई पोष्टको दिशा दिएका थिए । रुपन्देही ११ का गोलकिपर सोजित गुरुङ बिट भइसकेको अवस्थामा डि एरियाभित्र रहेका सुब्बाले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच बिजेता नेपाल पुलिस क्लबका सुमन लामा घोषित भए । उनले रु २५ हजार पुरस्कार पाएका छन् । सोमबारको खेल सशस्त्र प्रहरीको एपिएफ र थ्री स्टार क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।

गोल्डकपको विजेताले रु १२ लाख ५१ हजार र ट्रफी पाउनेछन् भने उप विजेताले रु छ लाख र ट्रफी पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ