नेपालको विश्वकप यात्रा आजदेखि सुरु, आयोजक जिम्बाब्वेसँग भिड्ने

नेपालको विश्वकप यात्रा आजदेखि सुरु, आयोजक जिम्बाब्वेसँग भिड्ने

  • आइतवार, फाल्गुन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, फागुन २० । 

पहिलोपटक ५० ओभर क्रिकेटको विश्वकप खेल्ने र आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता जित्ने सपना बुनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यसको पहिलो परीक्षास्वरूप आइतबार (आज) आयोजक जिम्बाब्वेविरुद्ध खेल्दैछ। यी दुवै उद्देश्य प्राप्तिका लागि नेपाली टोलीलाई पहिलो परीक्षामै खरो उत्रनुपर्ने बाध्यता छ।

नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल सुरु हुने छ ।

प्रतियोगितामा टेष्ट मान्यता प्राप्त चार राष्ट्रसहित कूल १० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । नेपाल र जिम्बावेसँगै समुह बी मा अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेका छन् ।

यस्तै समूह ए मा वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स, युएई र पपुवान्युगिनी छन् ।

प्रतियोगिताका शीर्ष दुई स्थानमा रहने राष्ट्र अर्को बर्ष इङ्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट हुने छन् ।

विश्व क्रिकेट लिग डिभिजन २ बाट बढुवा हुँदै प्रतियोगितामा स्थान बनाएको नेपालले सुपरसिक्स चरणमा पुग्दै एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाउने प्रमुख लक्ष्य बनाएको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्ड, तेस्रो खेलमा अफगानिस्तान र चौथो तथा समूह चरणको अन्तिम खेलमा हङकङ्सँग प्रतिस्पर्धा गर्ने छ । दुबै समुहका शीर्ष तीन स्थानमा रहने राष्ट्र सुपरसिक्स चरणमा प्रवेश गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ