विश्वकप छनोट सुरु हुनु पुर्व कप्तान पारस खड्काले गरे नेपाली क्रिकेटप्रेमिसँग यस्तो प्रतिबद्धता

विश्वकप छनोट सुरु हुनु पुर्व कप्तान पारस खड्काले गरे नेपाली क्रिकेटप्रेमिसँग यस्तो प्रतिबद्धता

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं ,१९ फागुन ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले विश्वकप छनोट प्रतियोगिता नेपालका लागि सुनौलो अवसर भएकाले उच्च मनोवलका साथ लक्ष्य अनुरुपको खेल प्रदर्शन गर्ने बताएका छन् ।

प्रतियोगिता सुरु हुनु पुर्व अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँंग कुरा गर्दै कप्तान खड्काले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्यका साथ टोली जिम्बाबे आएको बताए ।

कप्तान खड्काले नेपाली क्रिकेटको भविष्य समेत निर्धारण गर्ने भएकाले पनि सोही अनुसार नेपाली टोलीले मिहेनत गरेको बताएका छन् ।

प्रतियोगितामा सहभागी सबै टोली उत्कृष्ट रहेको भन्दै उनले ती राष्ट्रलाई चुनौती दिन नेपाली टोली मानसिक रुपमै तयार रहेको स्पष्ट पारे ।

नामिबियामा भर्खरै सम्पन्न डिभिजन टु को शीर्ष दुईमा रहदै विश्वकप छनोटमा प्रवेश गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको खड्काको भनाई छ ।

टोलीको समर्थनमा लाखौँ नेपाली समेत रहेको उल्लेख गर्दै कप्तान खड्काले यो पटक पनि उनीहरुलाई निराश नपार्ने प्रयास गर्ने उल्लेख गरेका छन् ।

आसन्न एकदिवसीय विश्वकप क्रिकेटमा प्रवेश गर्ने क्षमता नेपाली टोलीमा रहेको भन्दै उनले राम्रो क्रिकेट खेलेर विश्वको ध्यान तान्न, छनोट प्रतियोगिता कोशेढुङ्गा साबित हुने समेत बताएका छन् । भोलिबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छनोटको सुरुवात गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ