इङ्गलिस प्रिमियर लिगमा आज सात खेल हुँदै

इङ्गलिस प्रिमियर लिगमा आज सात खेल हुँदै

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, फागुन १९ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत आजदेखि २९ औं चरणको खेल सुरु हुँदै छ ।

२९ औं चरणको पहिलो दिन आज सात वटा खेल हुनेछन् ।
नेपाली समयअनुसार साँझ सवा ६ बजे हुने खेलमा बर्नले र एभर्टन भिड्दै छन् ।

त्यसैगरी आजै राति पौने ९ बजे ५ खेल हुँदै छन् । लेस्टर सिटी र वर्नमाउथ, साउथ ह्याम्पटन र स्टोक सिटी, स्वान्सी र वेस्ट ह्याम युनाइटेड, टोटन ह्याम र हडल्र्स्फिन्ड टाउन तथा वार्टफोर्ड र वेस्ट ब्रोमबीच प्रतिस्पर्धा हुँदै छ ।

त्यसैगरी आजै राति सवा ११ बजे लिभरपुल र न्यूक्यासल युनाइटेड भिड्दै छन् ।

२८ औं चरणसम्म ७५ अंकसहित म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ ।

त्यसैगरी ५९ अंकसहित म्यानचेस्टर युनाइटेड, ५७ अंकसहित लिभरपुल र ५५ अंकसहित टोटनह्याम क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । पाँचौं थानमा रहेको चेल्सीको ५३ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ