१९ फागुन , काठमाडौँ ।चौथो एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबलको फाईनल खेल आज हुँदै छ ।
महिलातर्फ न्यु डायमन्ड एकेडेमीले उपाधिका लागि एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मीबीच उपाधि भिडन्त हुनेछ ।
दुवै फाइनल खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहल हुनेछन् ।
न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल तय गरेको हो । भने एपीएफले आर्मीलाई हराएको थियो ।
पुरुषतर्फ सेमिफाइनलमा हेल्प नेपालले प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो भने आर्मीले एपीएफ क्लबमाथि सोझो सेटमा सफलता पाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline