काठमाडौं, फागुन १८ ।
आठौं राष्ट्रिय खुला कराँते च्याम्पियनसिप आगामि फागुन २५ गतेदेखि हुने भएको छ ।
नेपाल गोजुरियो कराँते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्रांगणमा हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषका सिनियर र जुनियर गरी विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिता संयोजक तथा प्रशिक्षक दीपक लामाकाअनुसार दुईदिने प्रतियोगितामा उपत्यका र उपत्यकाबाहिरबाट गरी ३०० बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
८ लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त प्रतियोगिताका लागि बूढानीलकन्ठ नगरपालिका–११ ले दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यबाहक वडाध्यक्ष विनोदकुमार तामाङले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline