आर्सनल दोस्रोपटक म्यान्चेस्टर सिटीसँग पराजित

आर्सनल दोस्रोपटक म्यान्चेस्टर सिटीसँग पराजित

  • शुक्रबार, फाल्गुन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

लन्डन, फागुन १८ । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा खेलेको आर्सनलविरुद्ध सिटीका बर्नार्डो सिल्भा, डेभिड सिल्भा र लेरोए सानेले एक–एक गोल गरे । आर्सनलको यो हार सिटीविरुद्ध ५ दिनको अन्तरमा लगातार दोस्रो हो ।

गत आईतबार सम्पन्न काराबाओ कप फुटबलको फाईनलमा पनि म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको थियो ।

गएरातिको जितपछि म्यान्चेस्टर सिटीले भने लिग तालिकामा आफ्नो अग्रता झनै फराकिलो पारेको छ । लिगमा २८ खेलबाट सिटीको ७५ अंक छ । समान खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपूलको ५७ अंक छ ।

५५ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहँदा ५३ अंक जोडेको चेल्सी पाँचौ तथा ४५ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ