बर्षाका कारण नेपाल र हङकङबीचको अभ्यास खेल स्थगित

बर्षाका कारण नेपाल र हङकङबीचको अभ्यास खेल स्थगित

  • बिहिबार, फाल्गुन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, फागुन १७ । जिम्बाब्वेमा हुने आइसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअघिको नेपालको दोस्रो अभ्यास खेल स्थगित भएको छ ।

बर्षाका कारण आज हङकङसँग हुने अभ्यास खेल स्थगित भएको हो ।

वर्षाले गर्दा टससमेत हुन नसकेपछि खेल एक बल पनि नखेली स्थगित भएको हो ।

यसअघि, पहिलो अभ्यास खेलमा पनि वर्षा बाधकपछि खेल २९ ओभरमा झारेर नेपालले युएईसँग खेलेको थियो । युएईविरुद्ध नेपाल ५ विकेटले विजयी भएको थियो ।

१० राष्ट्र सहभागी विश्वकप छनोट प्रतियोगितामा समूह ‘बी’मा रहेको नेपालसँगै आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ रहेका छन् ।

अर्को समूहमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स, पपुवा न्यूगिनी, युएई र आयरल्यान्ड छन् । हरेक समूहका उत्कृष्ट तीन टोली ‘सुपर सिक्स’मा पुग्नेछन् ।

फाइनल पुग्ने दुई टोली अर्को वर्ष इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटमा छानिनेछन् ।

यसैगरी, शीर्ष तीन स्थानमा पर्न सफल एसोसिएट राष्ट्रले आगामी चार वर्षका लागि एक दिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ