पहिलो अभ्यास खेलमा यूएईविरुद्ध नेपाल ५ विकेटले विजयी

पहिलो अभ्यास खेलमा यूएईविरुद्ध नेपाल ५ विकेटले विजयी

  • मङ्लबार, फाल्गुन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं , १५ फाल्गुन ।
जिम्बावेमा हुने विश्वकप क्रिकेट छनोट पूर्व यूएईविरुद्धको अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।

जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा यूर्एईले दिएको १ सय ७२ रनको उच्च लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी हुँदा २८ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
वर्षाका कारण मैदान हिलाम्बे भएपछि खेल २९ ओभरमा छोट्याईएको थियो ।
६९ रन जोड्दा चार विकेट गुमाएको स्थिति सम्हाल्दै शरद भेषावकरले दिपेन्द्र सिंह ऐरी र आरिफ शेखसँग उत्कृष्ट साझेदारी गरेका थिए ।
पांचौ विकेटका लागि दिपेन्द्रसंग ५७ र आरिफसँग छैठौं विकेटका लागि नटआउट ४६ रनको साझेदारी गरे । भेषावकर ४१ र आरिफ २३ रनमा नटआउट रहे ।
दिपेन्द्रले ३२ बलमा ४१ रनको योगदान गरे । कप्तान पारस खड्का २८, उपकप्तान ज्ञानेन्द्र मल्ल १२, अनिल शाह ११ र दिलिप नाथ ४ रनमा आउट भए ।

यसअघि टस जितेर व्याटिङ गरेको यूएई २८ ओभर ५ वलमा १ सय ७१ रनमा अलआउट भएको थियो । १ सय ६५ रन जोड्दा ६ विकेट गुमाएको यूएईले थप ६ रन जोड्न ४ विकेट खर्चेको थियो ।

अन्तिम ओभरमा करण केसीले ३ विकेट लिएपछि यूर्एई १ सय ७१ रनमा अलआउट भयो ।
८५ रनमा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै मोहमद उस्मान र अद्नान मुफ्तीले छैठौं विकेटका लागि ६ दशमलब २ ओभरमा ६७ रनको साझेदारी गरे ।

मुफ्ती ३७ र उस्मान २६ रनमा आउट भए । अस्फाक अहमदले ४२ र गुलाम सबेरले ३२ रन बनाए । ६ ओभर बलिङ गरेका ललित भण्डारीले ४० रन खर्चेर ४ विकेट लिए ।
ललित राजबंशीले २ र पारस खड्काको नाममा एक विकेट रह्यो ।
सवैभन्दा किफायती बलिङ गरेका सन्दिप लामिछानेले ५ ओभरमा १६ रन मात्र दिएपनि विकेट भने लिन सकेनन् ।

दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताका औपचारिक खेल भने आइतबारबाट सुरु हुनेछन् । पहिलो दिन नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ