नेपालले आज युएईसँग अभ्यास खेल खेल्ने

नेपालले आज युएईसँग अभ्यास खेल खेल्ने

  • मङ्लबार, फाल्गुन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, फागुन १५ । आईसीसी विश्व कप क्रिकेटको छनोट प्रतियोगिता खेल्न जिम्बाबे पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो अभ्यास खेलमा युनाईटेड अरब ईमिरेट्स युएईको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे हुनेछ । नेपालले यही बिहीबार हङकङसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

नामिबियामा केही दिन अघि सम्पन्न विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगिताको शीर्ष दुईमा रहँदै युएई र नेपालले एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएका हुन् ।

दुई साताको फरकमा नेपालल युएईसँग तेस्रो पटक खेल्न लागेको हो । नामिबियामा भएको डिभिजन २ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो ।

जिम्बाबेमा मार्च ४ देखि हुने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । जसमा उत्कृष्ट हुने २ टिम विश्वकप खेल्न पाउनेछन् । प्रतियोगिताबाट उत्कृष्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछन् ।

नेपाल समूह ‘बी’ मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ । नेपालले पहिलो खेल फागुन २० गते आइतबार घरेलु टोली जिम्बावे विरुद्ध खेल्नेछ ।

दोस्रो खेलमा नेपालले फागुन २४ स्कटल्याण्डको सामना गर्नेछ भने फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङको सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी