नेइमारको खुट्टाको हड्डी भाँचियाे

नेइमारको खुट्टाको हड्डी भाँचियाे

  • मङ्लबार, फाल्गुन १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, फागुन १५ । चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएपछि उनी केही सयम मैदानबाट टाढा हुने भएका छन् ।

फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जर्मेन पिएसजी.बाट व्यावसायीक फुटबल खेल्दै आएका नेइमारले रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिग प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् ।

फ्रेन्च लिगको क्रममा मार्से विरुद्ध १-० ले विजयी भएको खेलमा नेईमारको खुट्टामा चोट लागेपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो ।

पछि उपचारको क्रममा उनको खुट्टाको हड्डी मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको भेटिएको छ ।

नेईमार कहिले मैदानमा फर्कन सक्छन् भन्नेबारे क्लबले आधिकारीक रुपमा केही बताएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ