कैलाली, फागुन १३ ।
धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । एपीएफले फाइनलमा पूर्वाञ्चललाइ ७ विकेटले पराजित गरेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारीत २० ओभरमा पाँच विकेट गुमाउदै मात्र ६० रन बनाएको हो ।
उसका लागि काजल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो अंक छुन सकेनन् ।
एपिएफका लागि कसिलो बलिङ गरेका रेखा रावल , करुणा भन्डारी, सीता राना मगर, रितु कनोजीया र अन्जली चन्दले १–१ विकेट लिए ।
जवाफमा ६१ रनको लक्ष्य एपीएफले १६ ओभर तीन वलमा तीन विकेट गुमाउदै पुरा गर्यो । एपीएफको जीतमा ज्योती पाण्डेले २२, सरिता मगरले अविजीत १५ रनको योगदान दिए ।
पूर्वाञ्चलका संगता राइ र शान्ति चौधरीले एक–एक विकेट लिए पनि जीतका लागि पार्याप्त भएन् । विजेता एपीएफले पाँच र उपविजेता पूर्वाञ्चलले दुई लाख पुरस्कार प्राप्त गरे । व्यक्तिगत विधातर्फ पूर्वाञ्चलका खेलाडीको वर्चश्व रह्यो ।