विश्वकप छनोट क्रिकेट खेल्न नेपाली टोली आज जिम्बावे जाँदै

विश्वकप छनोट क्रिकेट खेल्न नेपाली टोली आज जिम्बावे जाँदै

  • शनिबार, फाल्गुन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, फागुन १२ ।
आइसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टोली आज जिम्बाब्वे जाँदै छ ।

आगामि फागुन २० गतेदेखि सुरु हुने प्रतियोगीतामा सहभागी हुन कप्तान पारस खड्काको नेतृत्वमा १५ खेलाडी सहितको टोली राति पौने ११ बजे त्यसतर्फ जान लागेको हो ।

नेपाली टोलीले प्रतियोगिता अघि युएई र हङकङसँग वामअप म्याच समेत खेल्ने छ । विश्वकप अन्तरगत समूह बी मा रहेको नेपालले आयोजक जिम्बाब्वे , अफगानस्थान , हङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
जिम्बावे जाने टोलीको हिजो नै बिदाई गरिएको थियो ।

टेस्ट खेल्ने ४ राष्ट्रसहित कुल १० राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप छनोट प्रतियोगिताबाट शीर्ष २ टोलीले आगामी वर्ष इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटमा स्थान बनाउनेछन् ।
आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँगै नेपाल प्रतियोगिताको समूह ‘बी’मा रहेको छ ।

नेपाली टोलीका कप्तान खड्काले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न नेपाली टोलीले कुनै कसर बाँकी नराख्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ