हेटौंडा, १२ फागुन।
हेटौंडा गोल्डकपको फाइनलमा आज दुई विभागीय टीम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्दै छन् ।
दुबै टीमले आज हुने फाइनल खेल आफ्नो पक्षमा पारेर उपाधि आफूले जित्ने दाबी गरेका छन् ।
हेटौंडा गोल्डकपको पहिलो र दोस्रो संस्करणमा फाइनल खेलेको आर्मी दोस्रो संस्करणको विजेता हो ।
पहिलो संस्करणमा मनाङ मर्स्याङ्दीसँग पराजित भएको आर्मीले दोस्रो संस्करणमा मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाल पुलिस क्लब भने पहिलो पटक हेटौंडा गोल्डकपको फाइनलमा पुगेको हो ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरु छठौं उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको भन्दै केही खेलाडी सामान्य घाइते रहे पनि पाएका थोरै अवसरलाई सदुपयोग गर्न सके जित पक्का रहेको बताए ।
नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले खेलाडीहरु लयमा रहेको र युवाहरु खेलाडी भएकाले उपाधि जित्ने दाबी गरे ।
आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दीलाई १ – ० ले पाखा लगाउदै फइनल पुगेको हो छ भने पुलिस क्लबले संकटालाई २– ० ले पराजित गर्दै आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।