गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने 

गुणस्तरहीन वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने 

  • बिहिबार, फाल्गुन १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

 

काठमाडौँ, १० फागुन ।

मुलुकमा उत्पादित एवं विदेशबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूल एवं पशुपक्षीलगायत गुणस्तरहीन तथा विषादीयुक्त वस्तुको आपूर्ति र उपभोगमा नियन्त्रण गरिने भएको छ ।

कृषि विकास, पशुपक्षी विकास, अर्थ र वाणिज्य मन्त्रालयका प्रमुखको आज बसेको बैठकले सरकारले तोकेको मात्राभन्दा बढी विषादीयुक्त तरकारी एवं फलफूलको उपभोग र आयातलाई निरुत्साहन गर्न त्यस्ता वस्तुलाई जफत तथा नियन्त्रण गर्ने निर्णय गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

तरकारी तथा फलफूल प्रमाणीकरण गर्ने विद्यमान व्यवस्थामा सुधार ल्याउन कृषि मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको छ । तरकारी, फलफूल, बीउबिजन र पशुपक्षी आयात गर्न पाउने नाका हरेक प्रदेशमा कम्तीमा एउटा रहने गरी तोक्ने निर्णय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी