मैत्रीपूर्ण खेलमा एपिएफसँग हङकङ पराजित , सावित्राले गरिन २ गोल

मैत्रीपूर्ण खेलमा एपिएफसँग हङकङ पराजित , सावित्राले गरिन २ गोल

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

इलाम, ७ फागुन ।
हङकङ महिला फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लब विजयी भएको छ ।

हङकङमा आज भएको मैत्रीपूर्ण खेलमा एपिएफले घरेलु टोलीलाई ३–१ ले हराएको हो । एपिएफको जितमा सावित्रा भण्डारीले २ र अर्को गोल अन्जली तामाङले गरिन् ।

अन्जलीको गोलबाट अग्रता लिएको थियो तर खेलको ५३ औ मिनेटमा हङकङकी हो मुइ मीले खेल बराबरीमा ल्याएकी थिईन ।

तर एपिएफका लागि राष्ट्रिय महिला टोलीकी फरवार्ड समेत रहेकी सावित्राले ६० औं र ७९ औं मिनेटमा गोल गरेपछि नेपाल ३ – १ ले बिजयी बन्यो । फिफा बरियतामा नेपालभन्दा हङकङ २३ औ वरियता अगाडी रहेको छ। वरियता क्रममा नेपाल ९१ र हङकङ ६८ औ स्थानमा रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ