अन्तराष्ट्रिय बजारमा मूल्य घटेपछि गोदाममा थन्क्याए व्यावसायीले

अन्तराष्ट्रिय बजारमा मूल्य घटेपछि गोदाममा थन्क्याए व्यावसायीले

  • सोमवार, फाल्गुन ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

इलाम ,फागुन ७ । अन्तराष्ट्रिय बजार निर्यात भई बिदेशी मुद्रा आयात गर्ने छुर्पीको मूल्य घटेको छ । विगत केही महिना यता छुर्पीको मूल्य घटेपछि किसान मारमा परेका छन् । एशियाका धनि राष्ट्र र युरोप जस्ता अन्तराष्ट्रिय बजारमा निकासी हुने छुर्पीबाट मनग्गे आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्य घटेपछि मारमा परेका हुन् ।
नेपालबाट अन्तराष्ट्रिय बजारमा प्रति महिना तीन टन छुर्पीको माग हुने गरेको थियो । विगतमा यसको माग धान्न नै धौ धौ पर्ने गरेको डेरी उद्योगीको गोदाममा अहिले छुर्पी थन्किन थालेको छ । माग निकै कम भएसँगै मुल्य घटेपछि उद्योगीले मुल्य बढ्ने आसमा छुर्पी गोदाममा थन्क्याएका हुन् ।

यसअघि प्रति केजी हजारमा विक्री हुने गरेको छुर्पीको मूल्य अहिले प्रतिकेजी ८ सय रुपैयाँ मात्र खरिद गर्ने भनेको इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीका प्रोप्राइटर दिनेश महतले बताए । उनले भने, ‘दुधको मूल्य बढी छुर्पीको मूल्य कम भएपछि लगानी डुब्ने डरले छुर्पीको उत्पादन नै कम गर्न थालेको छु ।’ छुर्पी नियार्त नभएपछि  २४ लाख रुपैँया  बराबरकाे ३० मन छुर्पी गोदाममा नै थन्काएर राखेको महतले बताए ।
छुर्पीबाट राम्रो आम्दानी हुन थालेपछि व्यापारी र उद्योगको सख्यामा वृद्धि भएको थियो । बजारीकरणमा प्रतिष्पर्धा अस्वस्थ भएपछि व्यापारीले गुणस्तरहीन छुर्पी संकलन भएकाले पनि निकासीमा समस्या भएको हो । व्यवसायीका अनुसार अहिले छुर्पीको माग विगतको जस्तो राम्रो छैन ।

शुन्य डिग्री फ्याटमा तयार पारिएका छुर्पी कुकुरका लागी उपयुक्त मानिन्छ । तर अन्तर्रा्ष्ट्रिय बजारमा फ्याट सहित तयार पारिएका छुर्पी र राम्रो नसुकेका छुर्पी पुगेपछि छुर्पी खोक्रो हुने, कुहिने कुकुरले खाँदा विरामी हुने जस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको छ । इलामका छुर्पी अन्तराष्ट्रिय हिमालय डेरी उद्योग विर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यू कलेक्सन सेन्टर काठमाडौं र सिल्भर लिङ्क प्रालि काठमाडौं, एभरेष्ट प्रोडक्सन काठमाडौंलगायत निकासी गर्दै आएको छ ।
इलाममा ४ सय ४५ वटा दुग्धजन्य डेरी, चिज उद्योग घरेलु तथा साना उद्योग विकास समिति मूख्य शाखा कार्यालय इलामका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी