दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सम्पन्न

दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सम्पन्न

  • आइतवार, फाल्गुन ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ६ फागुन । झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।

नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डलगायत १० मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गर्नुभएको प्रदर्शनी कक्षको भ्रमणकर्ताले अवलोकन गर्दै मेला सम्पन्न भएको छ ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारबाट शुरु भएको सो मेलामा झण्डै रु १० करोडभन्दा बढी रकमको कारोबार गर्दै मेला सम्पन्न भएको आयोजकले बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड (सोनालिका), महेन्द्रा कम्पनी, पोशकदाना, नेपाल पोल्ट्री महासंघ, कृषिउद्यम केन्द्र–नेपाल, उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा सो प्रदर्शनी शुरु भएको थियो ।

प्रदर्शनीमा सानाऔजार, मेशिनदेखि कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्री वितरण भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी