डिभिजन टूको फाइनल खेल जारी : युएईले दियो नेपाललाई २७८ रनको लक्ष्य

डिभिजन टूको फाइनल खेल जारी : युएईले दियो नेपाललाई २७८ रनको लक्ष्य

  • बिहिबार, फाल्गुन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं ,३ फागुन ।
नामिबियामा भइरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू को फाइनलमा युएईले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य दिएको छ ।
विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ४ विकेट गुमाएर २७७ रन बनाएको हो ।

युएईका लागि ओपनर अस्फाक अहमेदले शतकिय पारी खेले। उनले १२३ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा ११४ रन बनाए।

अस्फाकले पहिलो विकेटका लागि कप्तान रोहन मुस्ताफासँग १०९ रनको साझेदारी गरेका थिए। मुस्ताफाले ५१ रन बनाए। यस्तै साइमन खनवरले ४० रन जोडे। रमिद शहजाद ४१ रनमा नटआउट रहे।

बलिङमा नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी, सन्दीप लामिछानेले १– १ विकेट लिए।

लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

दुवै टिम शिर्ष २ मा स्थान बनाउदै विश्वकप छनोट चरणमा पुगिसकेका छन् ।

जिम्वावेमा मार्च ४ तारिखबाट हुने विश्वकप छनोटमा वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, हंगकंग, नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ