आईसीसी विश्व क्रिकेट लिग: नेपालद्वारा युएई चार विकेटले पराजित

आईसीसी विश्व क्रिकेट लिग: नेपालद्वारा युएई चार विकेटले पराजित

  • आइतवार, माघ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 

काठमाडौँ, २८ माघ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ ।

जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए ।

नामिबियाको युनाइटेड ग्राउण्डमा नेपालले टस जितेपछि फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनायो । ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको थियो ।

युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले चार, सन्दिप लामिछाने तीन, कप्तान पारस खड्काले दुई तथा करण केसीले एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ