विश्व क्रिकेट लिग : नेपाल र युएई भिड्ने, दुबै टोली दोस्रो जितको खोजीमा

विश्व क्रिकेट लिग : नेपाल र युएई भिड्ने, दुबै टोली दोस्रो जितको खोजीमा

  • आइतवार, माघ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, माघ २८ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेटमा आज नेपालले संयुक्त अरब ईमिरेट्स युएईको सामना गर्दैछ ।

प्रतियोगितामा सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ ।

प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो ।

उता युएईले भने पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराउँदा दोस्रो खेलमा क्यानाडासँग २३ रनले हारेको थियो ।

दुई खेलबाट समान २÷२ अंक जोडेको युएई र नेपाल रन रेटको आधारमा क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।

आजको खेल जित्ने टोली शिर्ष दुई भित्रै रहने संभावना बलियो हुनेछ ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विन्डहकमा सुरु हुनेछ ।

प्रतियोगितामा सुरुवाती दुई खेल जित्दै क्यानाडा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ