फागुन ४ गते पहिलो सूर्यग्रहण : यी ७ राशिको राम्रो , ५ राशिलाई हुन सक्छ असर !

फागुन ४ गते पहिलो सूर्यग्रहण : यी ७ राशिको राम्रो , ५ राशिलाई हुन सक्छ असर !

  • शनिबार, माघ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

फागुन ४ गते वर्षको दोस्रो ग्रहण लाग्दै छ । यसअघि जनवरी ३१ अर्थात माघ  १७ गते चन्द्र ग्रहण लागेको थियो । सूर्यग्रहण दक्षिण जर्जिया, प्रशान्त महासागर, चिली, ब्राजिल र अन्टार्टिका आदि देशहरुबाट पनि  देखिनेछ । यस सूर्य ग्रहणको कारण १६ फेब्रुअरी पश्चात  केही राशिहरुमा यसको नेगेटिभ  असर पर्नेछ भने केही राशिहरुको भाग्य फेरिने छ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ -: सूर्य ग्रहणको कारण मेष राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा मान-सम्मान बढ्नेछ । आय वृद्दि हुनेछ । व्यवसायमा उत्तम लाभ हुने योग छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो -: कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । जसको कारण नोकरीमा सम्मान मिल्नेछ । व्यवसायमा विस्तार हुनेछ । आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । १६ फेब्रुअरीपछि वृष राशिका व्यक्तिहरुलाई धन कमाउने धेरै अवसरहरु मिल्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह -: पारिवारिक विवादबाट टाढै रहनुहोला । विरोधीहरु शान्त रहनेछन । व्यावसायिक लाभ सामान्य हुनेछ । स्वास्थ्य अवस्था राम्रो रहनेछ । तथापि केही समस्याहरु आगामी दिनहरुमा आउन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो -: कर्कट राशि भएकाहरुलाई १६ फेब्रुअरीपछि शुभ समाचार मिल्नेछ । भविस्यमा उन्नतिको अवसरहरु पाउनुहुनेछ । व्यवसायमा धन लाभ वृद्धि हुनेछ। साथीभाईहरुसँग भेटघाटको अवसर मिल्न सक्छ, जसको कारण नयाँ परियोजनाहरु अगाडी बढाउँने सम्भावना हुनेछ ।

सिंह राशि- मा, मि, मु, मे, मो, टा, टि, टु, टे -: भू-सम्पतिसम्बन्धी रोकेका कामहरु पूरा हुनेछ । व्ययमा नियन्त्रण राख्नुहोला । स्वास्थ्य स्थिति सामान्य नै रहनेछ । कानूनी विवादमा संलग्न हुन् सक्छ । १६ फेब्रुअरी पछि कुनै प्रकारका दूर्घटना हुन् सक्छ, त्यसैले सावधान रहनुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो -: कन्या राशि हुनेहरुका लागि यो ग्रहणको समय अनूकुल रहनेछ । कार्य क्षेत्रमा विस्तार हुने सम्भावना छ । कहीं रोकेका पैसा प्राप्त हुनेछ । घरको पारिवारिक वातावरण सुखमय रहनेछ । विदेशको यात्रा गर्न सक्ने योग छ।

तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते -: ग्रहण पछि तुला राशि व्यक्तिहरुको मन विचलित हुन् सक्छ। मानसिक तनाव बढ्न सक्छ। पैसाको मामलामा हानि नोक्सानी हुन् सक्छ। सावधान रहनुहोला।

बृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु-: मन अशान्त रहनेछ। कानूनी झन्झटबाट मुक्ति मिल्नेछ। व्यापार-व्यवसायमा सुधार हुनेछ। धर्ममा श्रद्धा बढ्नेछ।

धनु राशि- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे -:तपाईको दिन प्रतिकूल रहनेछ। अपरिचित व्यक्तिहरुबाट सतर्क रहनुहोला। व्यवसायिक निर्णयहरु ध्यानपूर्वक सोचेर लिनुहोला। घरमा शान्ति हुनेछ।

मकर राशि- भो, ज, जि, खि, खु, खे, खो, गा, गि -: कार्य क्षेत्रमा नयाँ पदभार मिल्न सक्छ। भू-सम्पतिबाट लाभका अवसरहरु उपलब्ध हुनेछ। व्यावसायिक लाभमा वृद्धि हुनेछ।

कुम्भ राशि- गु, गे, गो, सा, सि, सु, से, सो, द -: भोग विलासका साधनहरुमा खर्च बढी हुनेछ। नोकरीमा मन जानेछ। व्यवसायमा धन लाभ हुनेछ। धैर्य गर्नुहोला।

मीन राशि- दि, दु, थ, झ, ञ, दे, दो, च, चि -:उत्साहमा वृद्धि हुनेछ। काममा उन्नति गर्ने अवसर मिल्नेछ। व्यवसायमा लाभ हुनेछ। सन्तानको भविष्यप्रति चिन्ता बढ्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी