धरान, माघ २३ ।
थ्रीस्टार क्लब धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै सेमिफाइनल समिकरण समेत पुरा भएको छ ।
थ्रीस्टारसँगै आहारारा गोल्डकप विजेता नेपाल पुलिस क्लब, सीएमजी संकटा क्लब र भारतको दुर्गापुर स्टिल कोलकात्ताले अन्तिम चारमा स्थान बनाएका हुन् ।
धरान रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा थ्रीस्टारले सुदुरपश्चिम ११ लाई ४–० गोल अन्तरमा पराजित र्गयो ।
सातौं मिनेटमा निराजनको गोलबाट अग्रता लिएको थ्रीस्टारका लागी सुनिल बलले ३७ औं मिनेटमा अर्को गाmेल थपे ।
खेलको ५४ र दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी मार्फत गोल गर्दै निराजनले ह्याट्रिक पुरा गरे ।
पहिलो सेमिफाइनलमा भोली डिफेण्डिङ च्याम्पियन पुलिस र उपविजेता संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहीवार हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टारले पाहुना टोली कोलकात्तालाई प्रतिद्वन्दी पाएको छ । फाईलन खेल शनिवार हुनेछ ।