सिमरा गोल्डकपको ९ औ संस्करणको खेल तालिका सार्वजनिक

सिमरा गोल्डकपको ९ औ संस्करणको खेल तालिका सार्वजनिक

  • मङ्लबार, माघ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ , २३ माघ ।

सिमरा गोल्डकपको ९ औ संस्करणको खेल तालिका सार्वजनिक भएको छ । पर्सि बिहिवारबाट सुरु हुने प्रतियोगितामा १० टोलीको सहभागीता रहने छ ।

लक्ष्मी हुन्डाई , मनाङ मस्याङदी र नेपाली सेनाको त्रिभुवन आर्मि क्लवले प्रतियोगीतामा सिधै क्वाटरफाईनल खेल्नेछन् ।

डिफेन्डिङ च्याम्पियन , सिएमजी संकटा , थ्रीस्टार , ससस्त्र प्रहरीको एपिएफ क्लब ,सुदुरपश्चीम ११ , मोरङ फुटवल क्लब , आयोजक नवजनजागृति युवा क्ला , हेटौडाको विजय युथ क्लब र वींरगन्ज युनाईटेड क्लबले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

आहा रारा गोल्डकप र राखेप च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लब भने प्रतियोगितामा सहभागी नहुने भएको छ । उद्घाटन खेलमा पर्सि बिहिवार आयोजक नवजनजागृति र विजय युथ भिड्ने छन् । फाईनल खेल फागुन ५ गते हुने छ ।

प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार रुपैया प्राप्त गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ